बालमन्दिरको जग्गा प्रकरणमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी

0
Shares

बालमन्दिरको जग्गा विवादमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपाल बाल संगठनको तर्फबाट मंगलबार जाहेरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जिल्ला अदालतबाट ठगिमा अनुसन्धानका गर्न पक्राउ पुर्जीका लागि अनुमती माग गरेको थियो ।

सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार बाल संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा पक्राउ पुर्जी जारी भएको छ ।

बालमन्दिरका नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गा दुरुपयोग भएको भन्दै सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।

नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटकपटक न्यून रकममा सम्झौता गरेको, २०८९ मा सकिने सम्झौता समेत बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको देखिएको थियो ।

काठमाडौंको केन्द्र नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो। लिजमा लिने जोशी परिवार र विशाल ग्रुप रहेका छन् ।

जाहेरीमा अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरिएको र त्यस्तो कार्य गर्नेरगराउनेलाई कानूनअनुसार कारबाहीको माग गरिएको छ ।

स्वार्थपरक लिज सम्झौताका आधारमा गरिएको सम्झौताले संगठनलाई भएको आर्थिक हानी९नोक्सानीबारे अध्ययन भइरहेको ब्यूरोले जनाएको छ।

यी हुन् पक्राउ पुर्जी जारी भएका २० जना

नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह ।

नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ

नेपाल बाल संगठनका तत्कालिन महासचिव श्री गणेश भक्त श्रेष्ठ ।

नेपाल बाल संगठनका तत्कालिन उपमहासचिव सुमन शाक्य ।

नेपाल बाल संगठनका तत्कालिन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह ।

नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले ।

नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल ।

नेपाल बाल संगठनका तत्कालिन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ ।

नेपाल बाल संगठनका तत्कालिन महासचिव प्रचण्डराज प्रधान ।

नेपाल बाल संगठनका तत्कालिन महासचिव राम काजी कोने ।

नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष योगेन्द्र बहादुर शाही ।

नेपाल बाल संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ ।

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक प्रविण राज जोशी ।

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का तत्कालिन संचालक मुरारी निधि तिवारी ।

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी ।

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक श्रद्धा संघाई ।

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक अभिनव सिंघानिया ।

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक सिद्धार्थ केडिया ।

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक किर्ति प्रसाद पाण्डे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।