बरुण हाइड्रोपावर ५ करोड नोक्सानीमा

0
Shares

वरुण हाइड्रोपावर कम्पनी लिमिटेड४ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ। बाढीले आयोजनामा क्षति पुर्याएपछि कम्पनीको नोक्सानी बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनी रहेको छ। २०८० असार २ गतेको बाढीले हेवा खोला साना जलविद्युत आयोजनामा क्षति पुर्याएपछि विद्युत उत्पादन नभएका कारण कम्पनी नोक्सानीमा पुगेको हो।

चुक्ता पुँजी ५२ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १२ रुपैयाँ २७ पैसा ऋणात्मक छ भने प्रति सेयर नेटवर्थ १०२ रुपैयाँ ४१ पैसा छ। यस्तै अन्य इक्विटी ३ करोड ८ लाख रुपैयाँ ऋणात्मक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।