आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते संसद्‌मा प्रस्तुत हुने

0
Shares

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ १ गते संसद्‌मा प्रस्तुत गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने निर्णय गरेको हो ।

आगामी जेठ १ गते दिउँसो ३ बजे संसद्‌‌मा नीति तथा कार्यक्रम प्रस्तुत हुने सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहमा जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको शर्माले बताइन्।

सरकारको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले पढेर सुनाउने व्यवस्था छ।

त्यस्तै, सरकारले नेपाल प्रहरीका डीआईजीद्वय उमेश जोशी र भिम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ।

वैशाख चार गते बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा जोशी र दोस्रो नम्बरमा ढकाललाई बढुवाका लागि सिफारिस गरेको थियो ।

बैठकले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई मनोनयन गर्ने निर्णय गरेको छ । भाषा आयोगको सदस्यमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

बैठकले अन्तराष्ट्रियस्तरको क्रिकेट कराते तेक्वाण्डो र कवड्डी प्रतियोगीतामा विजयी तथा पदक प्राप्त खेलाडी प्रशिक्षक तथा व्यवस्थापक गरि जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।