सङ्खुवासभाको तुम्लिङटारमा दुई सातापछि उडान


सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १६ दिनपछि उडान भरिएको छ । खराब मौसमका कारण दुई सातादेखि ठप्प उडान पानी परेर तुवाँलो हटेपछि सुरू गरिएको नागरिक उड्यान प्राधिकरण तुम्लिङटारले जनाएको छ ।

तुम्लिङटार विमानस्थलमा जनवरी देखियता ४४ भन्दा बढी उडान अवरुद्ध भइसकेका छन् । गत वैशाख १० पछि तुम्लिङटारको भिजिबिलिटी एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदैआएको थियो । विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपर भिजिबिलिटी आवश्यक पर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।