लिटिल स्टार बोर्डिङका शिक्षक र विध्यार्थीद्वारा मातातिर्थ मेलामा भएको फोहोरको सरसफाइ


राजधानिको चन्द्रागिरीस्थित सतुङ्गलमा रहेको लिटिल स्टार्स एकेडेमीक शिक्षक तथा विध्यार्थीले मातातीर्थ औंसीका दिन लागेको मेलामा उत्पन्न भएको फोहोरको सरसफाइ गरेका छन् ।

स्कुलका कक्षा ७,८ र ९ मा अध्ययनरत छात्रछात्राहरू तथा शिक्षकको उपस्थित थियो । विध्यार्थीहरू निकै उत्साहका साथ हातमा पञ्जा अनि मुखमा मास्क लगाएर हातमा झाडु समाउँदै विभिन्न समूहमा विभाजित भई सफाइमा जुटेक थिए ।

आफुहरुले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम गतेको स्कुलका कार्यकारी निर्देशक कृष्ण भन्डारीले बताए । मातातिर्थ विकास समिती सङ्गको सहकार्यमा सरसफाइ कार्यक्रम गरिएको थियो । मातातीर्थका स्थानीयबासीहरु विद्यार्थीले गरेको कार्यको खुलेर प्रशंसा गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।