रोकिएन सुनको भाउ बढ्ने क्रम, यो साता मात्रै प्रतितोला २५ सय बढ्यो


सुनको भाउ निरन्तर उकालो यात्रामा लागेको छ । बैंक अफ इंलेण्ड लगायतका ठूला बैंकहरुले ब्याजदरमा भारी कटौती गर्ने संकेत गरेसँगै त्यसको प्रभाव सुन बजारमा पर्न गएको बिश्लेषकहरुले बताएका छन् ।

यो साता मात्रै सुनको भाउ प्रतितोला २५ सय रुपैयाँ बढेको छ । गत साता २२ सय रुपैयाँ घटेको सुनको भाउ यो साता २५ सय रुपैयाँले बढेको हो ।

साताको पहिलो कारोबार दिन १ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार २०० रुपैयाँले बढेर १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै साताको तेस्रो कारोबार दिन मंगलबार तोलाको २ सय रुपैयाँ घटेर दिन १ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार स्थिर रहेको थियो । बिहीबार ८०० रुपैयाँले घटेर १ लाख ३५ हजार ६०० रुपैयाँमा सिमीत भएको छापावाला सुनको भाउ शुक्रबार एकैदिन २३ सय रुपैयाँ बढेर १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

छापावाला सुनको मूल्य शनिबार पनि शुक्रबार कै भाउमा कारोबार भइरहेको छ । आज तेजावी सुन १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति तोला १ हजार ६४० रुपैयाँ रहेको मुल्य साताको अन्तिम दिन शुक्रबार प्रतितोला १ हजार ७३५ रुपैयाँमा कारोबार भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।