आइतबार अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति ?


आइतबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ र बिक्री दर १६७ रुपैयाँ ७५ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०८ पैसा र बिक्री दर ८८ रुपैयाँ ४७ पैसा रहेको छ ।

आइतबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १३ पैसा र बिक्री दर २८ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५४ पैसा र बिक्री दर ३५ रुपैयाँ ७० पैसा रहेको छ । आइतबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७० पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।