आइतबार कति बढ्यो सुनको भाउ ?


साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार २३ सय रुपैयाँले बढेको सुनको भाउ आइतबार ५०० रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३६० दशमलव ४८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर १८ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।