सोमबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?


सोमबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । आइतबार ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार ३०० रुपैयाँले घटेको हो ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३५५ दशमलव ६५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ०४ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।