सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८७.३५ प्रतिशतले बढ्यो


सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै नाफा पनि बढेको छ।  सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमाशुल्क संकलन ७.०५ प्रतिशत र खुद नाफा ८७.३५ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको चैतसम्ममा इन्स्योरेन्सको इन्स्योरेन्सको खुद नाफा भने ८७.३५ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस इन्स्योरेन्सले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यस्तै इन्स्योरेन्सले चालु आवमा गत आर्थिक वर्षको भन्दा ७.०५ प्रतिशत बढी बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्ब ९९ करोड ११ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ रहेको थियो।

लगानी तथा ऋण प्रवाह गरी कम्पनीले प्राप्त गरेको आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ । इन्स्योरेन्सको कुल आम्दानी १४.४१ प्रतिशत बढेर ५ अर्ब २१ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने खुद दाबी भुक्तानी १५.५९ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा इन्स्योरेन्सको कुल खर्च ११.९३ प्रतिशतले बढेर ४ अर्ब ९३ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।  इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ ९० पैसा बढेर ९ रुपैयाँ ५३ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४७.४० गुणा रहेको छ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ भने शेयर प्रिमियममा १ अर्ब ५५ करोड २० लाख रुपैयाँ रहेको छ । यता, महाविपत्ती जगेडामा १६ करोड ५३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६३ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ करोड २४ लाख रुपैयाँ रहेको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।