फर्स्ट माइक्रोफाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरमा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले जेठ ७ गतेसम्म मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौंमा आवेदन दिन सक्ने छन् ।

आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसंग लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ ।

शेयर खरीदको लागि आवेदन गर्दा न्यूनतम १५ हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्नेछ । सो भन्दा बढी शेयर खरीद गर्नका लागि बोलपत्र पेश गर्ने बोलपत्रदाताले १० अंकको गुणाङ्कमा अधिकतम १ लाख २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति, एकाघर परिवारका सदस्य वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलवमा (खण्डित रुपमा) आउने गरी शेयर संख्यामा आवेदन गर्न पाइने छैन । शेयरको न्युनतम मुल्य प्रति शेयर मूल्य ३१५ रुपैयाँ तोकिएको छ । जसअनुसार सो वा सोभन्दा बढी मुल्य अंकित गरी आवेदन दिनु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।