सुनको भाउ लगातार घट्दै, मंगलबार प्रतितोला ७०० रुपैयाँ घट्यो


सुनको भाउ लगातार घटेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको भाउ मंगलबार प्रतितोला ७०० रुपैयाँ घटेको हो ।

मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन १ लाख ३७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३४३ दशमलव ७२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ४५ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ जेठ २०८१, मंगलबार  १० : ३२ बजे