आगामी आर्थिक वर्षमा १५ हजार पाँच सय हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा विस्तार गरिने

0
Shares

सरकारले आगामी आर्थिक वर्षमा १५ हजार पाँच सय हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा विस्तार गर्ने भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन।

तराई मधेशका तीन लाख १८ हजार हेक्टर खेतीयोग्य जमीनमा कलस्टरमा आधारित “स्यालो” तथा “ट्युबेल’ बाट सिँचाइ सेवा विस्तार गरिने उले बताए।

तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाई र भैँसी पालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास हुने भएको छ।

सरकारले मंगलबार नीति तथा कार्यक्रममा गाई र भैँसी पालन क्षमताको लागि पूर्वाधार स्रोत केन्द्र विकास गर्ने योजना सार्वजनिक गरेको हो।

त्यसैगरी सरकारले पशुपन्छीजन्य रोग नियन्त्रणका लागि खोप उत्पादन तथा नियन्त्रणको व्यवस्था मिलाउने घोषणा गरेको छ।

हिमाली क्षेत्रमा भेडा, बाख्रा, च्याङ्ग्रा, चौरी लगायत पशुपालन एवम् चयाउ, ओखर जस्ता जडीबुटीको ठुला फार्म सञ्चालन गर्न हिमाल समृद्धि कार्यक्रम सञ्चालन हुने भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।