विद्युतको पहुँच ९८ प्रतिशत जनतामा पुग्यो

0
Shares

सरकारले नीति तथा कार्यक्रम मार्फत कुल जनसंख्याको ९८ प्रतिशत नागरिकमा विद्युतको पहुँच पुगेको बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै९८ प्रतिशत नागरिकमा विद्युतको पहुँच पुगेको तथा विद्युतको जडित क्षमता २ हजार ९४० मेगावाट पुगेको उल्लेख गरेका हुन् । आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रणालीमा जडित विद्युत क्षमता ४ हजार ५०० मेगाबाट पुर्याइने घोषणा गरिएको छ । अहिले विद्युत जडित क्षमता २ हजार ९४० मेगावाट छ । त्यस्तै प्रतिव्यक्ति विद्युत उपयोग बढाइ ४५० किलोवाट प्रति घण्टा कायम गर्ने सरकारको घोषणा छ । 

सरकारले ९८ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताउँदै गर्दा वर्षयाममा उत्पादन खेर जाने अवस्था रहेपनि माग धान्न हिउँदमा भने अझै पनि भारतबाट आयात हुबे विजुलीमा भर पर्नुपर्ने अवस्था विद्यमान छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।