जानकी फाइनान्स कम्पनीको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु मध्ये यश अग्रवालले आफ्नो नाममा रहेको १ लाख १५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति, संस्था वा कम्पनीले यो पटकको लिलामीमा आवेदन दिन पाउने छैनन् ।

संस्थापक सेयरधनीहरुले आज जेठ २ गतेदेखि ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी यस वित्तीय संस्थाको कम्पनी सचिव कार्यालयमा आवेदन दिन सक्ने छन् ।

तोकिएको उक्त म्यादभित्र कायम संस्थापक शेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धी आवश्यक कारवाही अघि बढाईने कम्पनीले जनाएको छ ।

v?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।