कुमारी बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा, शुक्रबारदेखि आवेदन दिन सकिने


कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन फाराम १०० रुपैयाँ नगद भुक्तानी गरी लक्ष्मी सनराईज क्यापिटल कमलपोखरी काठमाडौंबाट प्राप्त गर्न सकिनेछ ।

उक्त सेयरमा जेठ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सकिने छ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सो भन्दा बढीको लागी १० को गुणनमावा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाउनेछ । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनि तोकेको सीमाको अधिनमा रहने आवेदन दिन सकिने छ ।

पाँच लाख रुपैयाँसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र ५ लाख रुपैयाँभन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं. आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ ।
बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबोल गरेको शेयर संख्या वा रकममा कुनै हेरफेर गर्न वा बोलपत्र फिर्ता लिन सकिने छैन ।

शेयर बिक्री गर्ने वा नगर्ने वा आवेदनमा माग गरेको भन्दा कम शेयर बांडफांट गर्ने तथा बोलपत्र आवेदन तथा शेयर बांडफांट सम्बन्धी कुनै विवाद उत्पन्न भएमा सो को अन्तिम निर्णय गर्ने अधिकार बिक्री गर्ने संस्थापक शेयरधनीमा निहित रहने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।