डलरको भाउमा गिरावट, बुधबार कतिमा हुँदैछ कारोबार ?


बुधबार अमेरिकी डलरको भाउमा गिरावट आएको छ । मंगलबार खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसामा कारोबार भएको अमेरिकी डलरको भाउ बुधबार खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोको खरिद दर १४३ रुपैयाँ ९५ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ ।  आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १६८ रुपैयाँ १४ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १४ पैसा र बिक्री दर ८८ रुपैयाँ ५३ पैसा रहेको छ ।

बुधबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २५ पैसा र बिक्री दर २८ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा रहेको छ । बुधबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।