आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको केएल टावरमा रहेको शाखा महाराजगञ्जमा सर्यो


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको काठमाण्डौं महानगरपालिका वडा नं. ७, स्थित केएल टावरमा रहेको शाखा कार्यालयलाई  काठमाण्डौं महानगरपालिका वडा नं. ३, स्थित महाराजगञ्ज, काठमाण्डौंमा स्थानान्तरण गरिएको छ ।

ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष बृद्धि गरि लैजाने उद्देश्यले शाखा कार्यालय चाबहिलबाट महाराजगञ्जमा स्थानान्तरण गर्नु परेको इन्स्योरेन्सले जनाएको छ । 

स्थानान्तरण गरिएको शाखा कार्यालय महाराजगञ्जबाट आजैबाट नर्जीवन बीमा सम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गराउने कम्पनीले जनाएको छ । इन्स्योरेन्स हरेक क्षेत्रलाई समेटदै निर्जीबन बीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले र बीमा व्यवसायमा अझ फराकिलो पार्दै कम्पनीले आफनो शाखाहरु थप्दै लैजाने उद्देश्यले अगाडी बढ्दै गएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।