सुनको भाउमा नयाँ रकेर्ड कायम, एकैदिन प्रतितोला १६ सय रुपैयाँ बढ्यो


बिहीबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार प्रतितोला १६ सय रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । बैंक अफ इंलेण्ड लगायतका ठूला बैंकहरुले ब्याजदरमा भारी कटौती गर्ने संकेत गरेसँगै त्यसको प्रभाव सुन बजारमा पर्न गएको बिश्लेषकहरुले बताएका छन् ।

बिहीबार छापावाला सुनको भाउ १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि १ लाख ३९ हजार रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो । उक्त रेकर्ड मूल्य आज तोडिएको हो ।

बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन १ लाख ३९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३९१ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ६३ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।