राष्ट्र बैंकका सञ्चालक शिवाकोटीको नयाँ म्युजिक भिडियो रिलिज


गीतकार तथा नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर एवं संचालक समितिका सदस्य चिन्तामणी सिवाकोटीद्वारा रचना गरिएको रिटिङ रिटिङमा वोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

दिपक लिम्बु र वेनीशा पौडेलको युगल स्वर रहेको गीतमा संगीत दीपक शर्माको रहेको छ भने नरेन्द्र वियोगीले एरेन्ज तथा रेकर्डिसमा राजेश थापा र मास्टरिङ्गमा किशोर थापा रहेका छन् र
म्युजिक भिडियो कलाकार जोडी गरिमा शर्मा र विमल अधिकारीको अभिनय रहेको छ । यहि त होनी मायाँ पछि यही जोडी लाई लिएर म्युजिक भिडियो बनाउँदा गीत संगीत क्षेत्रका सरोकारवालाहरुवाट निर्देशक कृष्णदेव रुपाखेतीलाई धन्यवाद तथा म्युजिक भिडियो गुणस्तरीय रहेको प्रतिकृया आएको शिवाकोटीले बताए ।

काजिस श्रेष्ठको कोरियोग्राफी, उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विनोद वमले सम्पादन गरेका छन् । काभ्रेको पाँच खालमा छायाङ्कन गरिएको म्युजिक भिडियो अव्बल भएको भन्दै गीतकार सिवाकोटीले खुसी व्यक्त गरेका छन् । नेपाली ग्रामीण जनजीवनको जीवन्त कथा वस्तु र स्थानीय परिवेशलाई समेटिएको म्युजिक भिडियोले आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने उनको विश्वास छ ।

म्युजिक भिडियो चिन्तामणी शिवाकोटीको आफ्नै युट्युव च्यानलमा रिलिज गरिएको हो ।