आइएमई लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा


आइएमई लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले जेठ २८ गते सभा बोलाएको हो ।

इन्स्योरेन्सले, आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि. भाटभटेनी, नक्साल, काठमाण्डौंमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि इन्स्योरेन्सले जेठ १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।