यो साता पनि सुन र चाँदी दुवैको मुल्यले राख्यो रेकर्ड, अमेरिकी रिजर्भ बैंकको नीतिगत निर्णयको प्रभाव


यो साता बिश्व बजारमा सुन तथा चाँदी दुवैको मुल्य उच्च दरले बढेको छ । अमेरिकी रिजर्भ बैंक (फेड) ले लिएको नीतिगत कारणले गर्दा मुल्यमा चाप परेको बिश्लेषकहरुले तर्क गरेका छन् ।

साताको पाँचौं दिन बिहिबार हालसम्मकै उचाई पुगेको मुल्य शुक्रबार भने केही तल झरेको छ । नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ उचाई कायम गरेको छ ।

साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो र तस्रो दिन सामान्य घटेर साताको चौथो दिन उकालो लागि पाँचौं दिन बिहिबार नयाँ रेकर्ड बनाउँदै प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुग्यो ।

त्यस पश्चात शुक्रबार भने सामान्य घटेर प्रतितोला सुनको मुल्य १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भयो । यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ७ सय २५ रुपैयाँ रहेको मुल्य साताको पाँचौं दिन बिहिबार रेकर्ड राख्दै प्रतितोला १ हजार ८०५ रुपैयाँ पुग्यो । जुन शुक्रबार सामान्य घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँ कायम भयो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।