सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूहका शेयरधनीहरुको नाममा रहेको १ लाख ५० हजार ८०१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । यो पटकको लिलामी अन्य, व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन पाउने छैनन् ।

संस्थापक शेयरधनीहरुले वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी – ०४, ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१, नागपोखरी नक्सालमा ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्ने छ ।

संस्थापक शेयरधनीबाट आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने लघुवित्तले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।