काठमाण्डौं महानगरपालिकाले गौशाला चोक आसपासमा सडक क्षेत्र मिचेर बनाएका घरटहरा आइतबारदेखि भत्काउन सुरुआत गरेको छ ।
मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा डोजर लगाएर भत्काउन थालिएको काठमाण्डौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
उनले भने,“गौशाला चोक आसपासमा सडक किनार अतिक्रमण गरी बनाइएका घरटहरा र सटरहरु आजदेखि भत्काउन सुरु गरिएको छ, सबै कति घर छन्, भत्काएपछि मात्रै थाहा हुनेछ ।” यसअघि शुक्रबार मात्रै काठमाण्डौं महानगरपालिकाको टोलीले भत्केको पुल आसपासमा निर्माण गरिएका मापदण्ड विपरीतका संरचना भत्काएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया