सुनको भाउले सोमबार पनि बनायो नयाँ रेकर्ड, अब एक तोला सुन किन्न १ लाख ४१ हजार ८०० खर्चिनुपर्ने


सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार १६ सय रुपैयाँले बढेर रेकर्ड मूल्य कायम गरेको सुनको भाउले सोमबार पनि रेकर्ड बनाएको हो ।

सोमबार सुनको भाउ १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारको तुलनामा सुनको भाउ ९ सय रुपैयाँले बढेको हो । अमेरिकी रिजर्भ बैंक (फेड) ले लिएको नीतिगत कारणले गर्दा मुल्यमा चाप परेको बिश्लेषकहरुले तर्क गरेका छन् । सुनको भाउ छिटै १ लाख ५० हजार पुग्ने उनीहरुको दाबी छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुन १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन १ लाख ४० हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ सोमबार प्रतितोला ३० रुपैयाँ बढेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ४२८ दशमलव ०१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३२ डलर ३४ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।