पेट्रोलियम पदार्थको आयातमा कुल निर्यात व्यापारको दोब्बर भन्दा धेरै रकम बाहिरियो


नेपालले पेट्रोलियम पदार्थको आयातमा कुल निर्यात व्यापारको दोब्बर भन्दा धेरै रकम खर्चिएको छ । चालू आर्थिक वर्ष २०८०\८१ को दश महीना अर्थात साउनदेखि वैशाखसम्ममा पेट्रोलियम पदार्थको आयातमा मात्र नेपालले २ खर्ब ७६ अर्ब रुपैयाँ खर्च गरेको हो । जुन कुल निर्यात भन्दा दोब्बरले बढी हो ।

नेपालले दश महिनाको अवधिमा कुल १ खर्ब २६ करोड १७ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । यता, मुलुकको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ नाघेको छ । गत चैत महिनासम्म खर्ब १० अर्ब ५३ करोड ४२ लाख रुपैयाँ व्यापार घाटा रहेकोमा पछिल्लो महीना मात्रै व्यापार घाटा १ खर्ब २४ अर्बले बढेको हो ।

तर, वैशाखसम्म मुलुकले व्यहोरेको व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा २.२६ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले १२ खर्ब ४ अर्ब ४२ करोड व्यापार घाटा व्यहोरेको थियो ।

वैशाखसम्ममा १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । गत आवको तुलनामा कुल वैदेशिक व्यापार २.५० प्रतिशतले घटेको हो ।

भन्सार विभागका अनुसार वैशाख महिनासम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

कुन पेट्रोलियम पदार्थको आयात कति ?

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ११ लाख ९ हजार ११० किलो लिटर डिजेल आयातमा नेपालले १ खर्ब १५ अर्ब ६७ करोड १ हजार रुपैयाँ खचिएको छ । जसवापत ४४ अर्ब ७९ करोड ५ लाख २६ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै ५६ खर्ब ८० करोड १३ लाख ५९ हजार रुपैयाँ बराबरको ५ लाख ६७ हजार ९३५ किलो लिटर पेट्रोल आयात भएको छ । जसवापत सरकारले ३२ अर्ब ५४ करोड २४ लाख २१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

यता, दश महिनाको अवधिमा ग्यस आयातमा ४६ अर्ब ९७ लाख ७९ हजार रुपैयाँ खर्भ भएको छ । नेपालले ४३ करोड ५९ लाख ६२ हजार ९५६ केजी ग्यास आयातमा अन्त रकम खर्चिएको हो । ग्यास आयातबाट ८ अर्ब ५८ करोड २६ लाख ८ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै, ६५ करोड ८६ लाख ५५ हजार २५० केजी हवाई इन्धन आयातमा १७ अर्ब ५८ करोड ५४ लाख ५७ हजार रुपैयाँ खर्च भएको विभागको तथ्यांकले देखाएको छ । हवाई इन्धन आयातबाट ४ खर्ब ४२ करोड १२ ला ११ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।