सुनको भाउ रेकर्ड मूल्यबाट घट्यो, मंगलबार कतिमा हुँदैछ कारोबार ?


सुनको भाउ रेकर्ड मूल्यबाट घटेको छ । सोमबार ९०० रुपैयाँ बढेर रेकर्ड मूल्य कायम गरेको सुनको भाउ मंगलबार १२ सय रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको भाउ १ लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको भाउ १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ मंगलबार प्रतितोला ५५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ४१३ दशमलव १६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर ३६ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।