सन नेपाल लाइफको हकप्रद र लाभांश प्रस्ताव पारित

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा सम्पन्न भएको हो ।

सभाले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशत बोनस शेयर र १.२५२६ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ० वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर जारीपछि चुक्ता पूँजी तीन अर्ब ९६ करोड १६ लाख रुपैयाँ कामय हुने र नपुग पूँजी कायम गर्न २७ प्रतिशत ९१ः०.२७० को अनुपातमा हकप्रद जारी गर्ने र तत् पश्चात् अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।

गत आवको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने एजेण्डा समेत पारित भएको हो । साथै, सर्वसाधारण शेयरधनी समूहबाट स्नेहा शर्मा र्निबिरोध निर्वाचित भएकी छिन् ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बुक क्लोज गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।