हिम पर्वत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

0
Shares

हिम पर्वत हाइड्रोपावर लिमिटेडले सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारितका लागि जेठ २७ गते बिहान ११ बजे विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको मुख्य कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने गरी आह्वान गरेको हो । सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

यसैगरी, सभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने तथा पूँजी संरचनामा परिवर्तन एवं अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।