शुक्रबार अमेरिकी डलर, युरो लगायत कुन विदेशी मुद्राको भाउ कति ?


शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २९ पैसा र बिक्री दर १७० रुपैयाँ ०६ पैसामा कारोबार भइरहेको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २७ पैसा र बिक्री दर ८८ रुपैयाँ ६७ पैसा रहेको छ । शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २६ पैसा र बिक्री दर २८ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४५ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८० पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।