नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे १ लाख कित्ता संस्थापक सेयरमा आजदेखि आवेदन दिन सकिने


नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले एक लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । संस्थापक सेयरधनीले आज जेठ ११ गतेदेखि ३५ दिनभित्र आवेदन दिन सकिने छ ।

लगानीकर्ताले बैकको सेयर शाखा लाजिम्पाट काठमाण्डौंमा सम्पकए गर्न सक्ने छन् । संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीमा बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।