सुनको मूल्य ओरालो यात्रामा लागेको छ । केही दिन अगाडि लगातार बढ्दै गएको सुनको भाउ दुई दिनमा प्रतितोला ३६ सय रुपैयाँ घटेको हो ।
बिहीबार १८ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार पनि १८ सय रुपैयाँले नै घटेको हो ।
शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने शुक्रबार प्रतितोला १० रुपैयाँ मात्र घटेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३३३ दशमलव ३४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ३४ पैसामा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया