अमेरिकी ब्राण्ड डाईशनका घरायसी उपकरण नेपाली बजारमा


जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालिले अमेरिकी ब्राण्ड ब्राण्ड डाईशनका घरायसी उपकरण नेपाली बजारमा भित्र्याउने भएको छ ।

नेपालका लागि एप्पल, डेल तथा एचपीको समेत आधिकारिक बिक्रेता रहेको जेनेरेशन नेक्स्ट कम्युनिकेशन अमेरिकी ब्राण्ड डाईशनको पनि आधिकारिक बिक्रेता बनेको हो ।

जेनेरेशन नेक्स्ट कम्युनिकेशनका अनुसार अमेरिका तथा युरोपमा ख्याती कमाईसकेका डाईशन ब्राण्डका भ्याकुम, हेयर ड्रायर, एयर प्युरिफायर र एयर¥वाप हेयर स्टाइलिङ जस्ता उत्पादन अब नेपाली बजारमा पनि उपलब्ध हुनेछन् ।

“उत्तम प्रविधी र आधुनिक डिजाईनले डाईशन विश्वमै परिचित नाम हो । यसका आधुनिक विशेषताले गर्दा यसको प्रयोग सजिलो र किफायती भएकाले यी उत्पादनको विक्री पछीको सेवालाई पनि उत्कृषट महत्व दिईएको छ,” कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।