आइतबार अमेरिकी डलर, युरो लगायत कुन विदेशी मुद्राको भाउ कति ?


आइतबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसामा कारोबार भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसामा कारोबार भइरहेको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७४ पैसा र बिक्री दर ८८ रुपैयाँ १४ पैसा रहेको छ । आइतबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १६ पैसा र बिक्री दर २८ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३७ पैसा र बिक्री दर ३५ रुपैयाँ ५३ पैसा रहेको छ । आइतबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७५ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।