एकै याममा तीन पटक सगरमाथाको शिखरमा पुगेर पूर्णिमा श्रेष्ठले बनाइन् कीर्तिमान


पर्वतारोही पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छन् ।

वसन्त ऋतुमा चलिरहेको सगरमाथा आरोहणमा उनी शुक्रबार बिहान सगरमाथाको चुचुरोमा पुगेकी हुन् । श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक र मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । श्रेष्ठ एउटै याममा तीन पटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला बनेकी छन् ।

गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरेकी छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।