लक्ष्मी सनराइज बैंकले गर्यो काठमाडौको कपनमा सेवा विस्तार

0
Shares

लक्ष्मी सनराइज बैंकले काठमाडौको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका-१०, कपनमा रहेका २ शाखा मध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरुले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ।

स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सनराइज बैंकको शाखा रहेको स्थान- औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।