सोमबार अमेरिकी डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको भाउ कति ?


आइतबार खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसामा कारोबार भएको अमेरिकी डलरको भाउ सोमबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५५ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०४ पैसा र बिक्री दर १६९ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९३ पैसा र बिक्री दर ८८ रुपैयाँ ३२ पैसा रहेको छ । सोमबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १६ पैसा र बिक्री दर २८ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३७ पैसा र बिक्री दर ३५ रुपैयाँ ५३ पैसा रहेको छ । सोमबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७५ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।