एनआईसी एसिया बैंकको मधेस प्रादेशिक कार्यालय र वीरगन्ज शाखा आफ्नै भवनमा

0
Shares

एनआईसी एसिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगन्ज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगन्ज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ।

यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगन्ज महानगरपालिकामै रहेको वीरगन्ज शाखा यस नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालन भइरहेको छ।

बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहकहरुलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ्ग सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ ।

साथै, उक्त नवनिर्मित भवनमा ग्राहक महानुभावहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले क्यास डिपोजिट मेसिन, कियोस्क मेसिन, क्यास रिसाइक्लर मेसिन जस्ता अत्याधुनिक सुविधासम्पन्न मेसिनहरुबाट डिजिटल बैंकिङ्ग कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ्ग हल समेत सञ्चालनमा ल्याएको छ।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।