मन्त्रिपरिषदबाट आर्थिक वर्ष २०८१/८२ को बजेट पारित


मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पारित गरेको छ ।

सिंहदरबार भएको मन्त्रिपरिषद्को बैठकले बजेट पारितको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले बजेटसँग सम्बन्धित कानुनहरु पनि संसद्मा पेस गर्ने निर्णय भएको बताइन् । संयुक्त बैठक ३ बजेका लागि तय भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।