बंगलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाइने


सरकारले आगामी आर्थिक वर्ष नौ सय मेगावट थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता चार हजार पाँच सय मेगावाट पुर्‍याउने भएको छ । प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पुर्‍याउने सरकारको लक्ष्य छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउने घोषणा गरेका छन् ।

मंगलबार बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री पुनले विद्युत प्रसारण लाइन निर्माण र वितरणका लागि निरीक्षक समेत सहभागी हुने गरी कानुनी प्रबन्ध गरिने बताए । जलाशययुक्त जलविद्युत आयोजना बाँध र विद्युत गृह छुट्टा–छुट्टै निर्माण गर्न निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने योजना सार्वजनिक गरेका छन् ।

सुख्खायायामको मागलाई पूर्ति गर्न १२ सय मेगावट क्षमताको बूढीगण्डकी, ६७० मेगावटा क्षमताको दुधकोशी र ४१७ मेगावटको नलसिंगा जलाशययुक्त जलविद्युत आयोजना तथा २८० मेगावट क्षमताको नौमुरे बहुउद्देश्यीय जलविद्यतु आयोजनाको निर्माण कार्य सुरु हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।