स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड, स्वास्थ्य बीमाका लागि सात अर्ब ५० करोड

0
Shares

सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन।

आम जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन उनले बताए।

सरकारले स्वास्थ्य बिमाका लागि सात अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा स्वास्थ्य बिमाका लागि सात अर्ब ५० करोड बजेट विनियोजन गरेको बताए।

सरकारले सङ्घीय अस्पतालमा जेरियाटिक वार्ड सञ्चालन गर्न दुई अर्ब रकम विनियोजन गरेको छ ।

सरकारले सङ्घीय अस्पतालमा जेरियाटिक वार्ड सञ्चालन गरी ज्येष्ठ नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा सञ्चालन गर्न क्यान्सर मेरुदण्ड पक्षघातको उपचार गर्न, मिर्गौला प्रत्यारोपण गर्न, डायलिसिसको लागि औषधी उपचार खर्च उपलब्ध गराउन सरकारले दुई अर्ब विनियोजन गरेको उनले बताए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।