रेलमार्ग विकासका लागि तीन अर्ब ८८ करोड बजेट विनियोजन


सरकारले आगामी आर्थिक वर्षमा रेलमार्ग विकासका लागि तीन अर्ब ८८ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१\८२ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि केरुङ् काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्नुका साथै रेलमार्गको विकासका लागि तीन अर्ब ८८ करोड बजेट विनियोजन भएको बताएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।