विद्युतीय गाडीमा बढ्यो कर, कुन रेन्जमा कति ?


सरकारले विद्युतीय गाडी (ईभी) मा कर बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले ईभीको अन्तःशुल्क र भन्सार दरमा परिवर्तन गरेका हुन् ।

मंगलबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१\८२ को बजेटमार्फत ईभीको कर बढाएका हुन् । ५० किलोवाटससम्मको गाडीमा यसअघि अन्तःशुल्क लाग्दैन थियो। अब भने पाँच प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ। यो गाडीमा भन्सार महसुल भने १० प्रतिशत कायम गरिएको छ।

यस्तै, गत वर्ष ५१ देखि १०० किलोवाटको गाडीमा अन्तःशुल्क १५ प्रतिशत लगाइएको थियो। यो वर्ष अन्तःशुल्क बढाइएको छैन। तर भन्सार महसुल १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याएको छ।

१०१ देखि २०० किलोवाटसम्मको गाडीमा अन्तःशुल्क बढेको छैन । तर भन्सार महसुल भने २० प्रतिशतबाट बढाएर ३० प्रतिशत पु¥याइएको छ। अन्तःशुल्क भने साविककै २० प्रतिशत कायम गरिएको छ।

यता, २०१ देखि ३०० किलोवाटसम्मको गाडीमा भन्सार महसुल २० प्रतिशतले बढाइएको छ। अन्तःशुल्क १० प्रतिशतले घटाइएको छ। यसो हुँदा समग्रमा १० प्रतिशत कर बढेको छ।
३०१ किलोवाटभन्दा माथिको गाडीमा भने भन्सार महसुल २० प्रतिशतले बढाएर ८० प्रतिशत पु¥याइएको छ। त्यस्तै, अन्तःशुल्क १० प्रतिशतले घटाएर ५० प्रतिशत कायम गरिएको छ। समग्रमा यस्तो गाडीमा पनि १० प्रतिशतले कर बढेको छ।

उक्त मोटर क्षमतायुक्त ईभीको भन्सार महसुल ६० बाट ८० प्रतिशत पु¥याउँदा अन्तःशुल्क भने ६० बाट ५० प्रतिशतमा झरेको छ । यसमा अनएसेम्बल्ड भए अन्तःशुल्क नलाग्ने हालको व्यवस्थामा अब भने त्यसमा पनि ५० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ । सामान ढुवानी गर्ने ईभीमा पनि सरकारले अन्तःशुल्क लगाउने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।