मोबाइल फोन र घरायसी इलेक्ट्रोनिक्सहरूको मल्टिब्रान्ड स्टोर स्विच अन रिटेल प्रा. लि. ले आफ्नो चौथो आउटलेट रणमुक्तेश्वर, न्युरोड, काठमाडौंमा खोलेको छ। स्वीच अन रिटेल प्रा.लि.की प्रबन्ध निर्देशक सीमा गोल्छाबाट स्टोरको उद्घाटन गरिएको हो।
विगत ६ वर्ष देखि ग्राहकको बलियो विश्वास र मायाले कम्पनीलाई यो आर्थिक वर्षभित्र तीनवटा नयाँ शोरुम खोल्न प्रेरित गरेको कम्पनीको भनाई छ । न्युरोड आउटलेटले ग्राहकहरूलाई विभिन्न योजनाहरु जस्तै किस्ताबन्दी र एक्सचेन्ज सुबिधा उपलब्ध गराउने जनाएको छ।
यस क्षेत्रको अरु पसल भन्दा स्विच अन रिटेल कसरी फरक छ भन्ने प्रश्नमा गोल्छाले टिप्पणी गरिन, ‘ग्राहकहरूसँग नजिकको सम्बन्ध कायम राख्ने आकांक्षामा सामान उचित मूल्यमा उपलब्ध गराउने मात्र नभई सहज तरिकाले गुणस्तरीय सामान खरिद गर्न विभिन्न योजनाहरु उपलब्ध गराउनेछ’
स्टोरले किस्ता योजना अन्तर्गत शून्य प्रतिशत ब्याज दरमा न्यूनतम प्रक्रिया पुरा गरेर सामान उपलब्ध गराउनेछ । जस्तै सामासुङका फोन किस्तामा किन्न नागरिकता र दुई प्रति फोटो भए पुग्नेछ ।
एक्सचेन्ज सुविधाले ग्राहकहरूलाई टिभी, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर वा मोबाइल फोनहरू नयाँ उत्पादनहरूमा अपग्रेड गर्न सुविधा दिने कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया