नेपाल रिको सञ्चालकमा दिनेशलाल श्रेष्ठ

0
Shares

नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को सञ्चालकमा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठ निर्वाचित भएका छन् ।

जेठ १७ गते बिहीबार सम्पन्न ९ औं वार्षिक साधारण सभाले नियमावलीको नियम २७ को उपनियम बमोजिम नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताको तर्फबाटबाट श्रेष्ठ सञ्चालक निर्वाचित भएका हुन् । श्रेष्ठ एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधि हुन् ।

निर्वाचित पछि साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले सेयरधनीको हक हितको लागि आफू लाग्ने प्रतिवद्धता गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।