शुक्रबार अमेरिकी डलरको भाउ कति ?


शुक्रबार अमेरिकी डलर खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसामा कारोबार भइरहेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४३ रुपैयाँ ९३ पैसा र बिक्री दर १४४ रुपैयाँ ५८ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १७ पैसा र बिक्री दर १६९ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०८ पैसा र बिक्री दर ८८ रुपैयाँ ४८ पैसा रहेको छ ।

शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २८ पैसा र बिक्री दर २८ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६३ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७१ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।