श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल


श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायकारूपमा सुरू गरिएको बताएका छन् ।

जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा मेलाको आज शभारम्भ गर्दै उनले बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गरे ।

उनले भने,“ श्रमिकका धेरै समस्या आउँछन् । एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो । सुझाव सङ्कलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न यसले सहयोग पु¥याउँदछ ।” सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ

प्रकाशित मिति: १९ जेठ २०८१, शनिबार  १७ : ३८ बजे