नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई वितरण लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ अर्ब ७२ करोड बराबरको लाभांश वितरण गर्न लागेको हो ।

इन्स्योरेन्सको आइतवार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५५ अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त नगद लाभांशमा कर प्रयोजनका लागि १ दशलमव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बिमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

कम्पनीको उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र बीमा प्राधिकरणले स्वीकृत गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ