आन्तरिक ऋण घटाएर वैदेशिक सहायता परिचालनमा जोड दिनुपर्थ्यो: पूर्व अर्थमन्त्री खतिवडा

0
Shares

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले वैदेशिक सहायताको परिचाललाई जोड दिनुपर्ने सुझाएका छन् । उनले विदेशी सहयोग तथा ऋण परिचालनमा जोड दिएको भए स्रोत संकलनका लागि अन्तरिक ऋणको प्रयोग कम गर्दा हुने तर्क राखेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षमा बजेटले वैदेशिक सहायता र ऋण परिचालनमा साढे ३ वा ३ खर्ब लिएर ३० अर्ब आन्तरिक ऋण घटाएको भए धेरै आलोचना नहुने डा. खतिवडाले बताए । “वैदेशिक सहायता परिचालन गर्ने विषयमा हामी विश्वास नै गुमाउँदै त छैनांै,” उनल भने, “दातृ निकायहरु पनि हाम्रो पोर्टफोलियोबाट सन्तुष्ट नभएको पनि सत्य हो ।” आगामी आवको बजेटले आन्तरिक ऋण मार्फत ३ खर्ब ३० अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ । त्यसैगरी विदेशी ऋणबाट २ खर्ब १७ अर्ब र अनुदान ५२ अर्ब ३३ करोड रुपैयाँ बरावरको स्रोत व्यव्सथापन गर्ने लक्ष्य लिएको छ ।

पूर्व अर्थमन्त्री खतिवडाले अर्थमन्त्री वर्षमा पुनले आगामी आर्थिक वर्षको बजेटमा कर दर अनावश्यक हेरफेर नगरेको बताएका छन् । चालु आवको बजेटले पनि वस्तु तथा सेवा माग बढ्न नसकेको स्वीकार गरेको छ । त्यसैगरी बैंकिङ प्रणालीको ब्याजदर घटेको भएपनि कर्जाको माग बढ्न नसकेको अवस्था छ । अर्थतन्त्रलाई तत्काल चलायमान बनाउने र व्यवसायीहरुको मनोबल बढाउने विषय अल्पकालीन रहेको खतिवडाले बताए । व्यवसायी र पुँजी पलायन हुने कुरा कसरी रोक्न सकिन्छ भन्ने विषयमा बजेटले ध्यान दिनुपर्ने उनको भनाइ छ । बजेट कस्तो आयो भन्ने कुरा सेयर बजारको प्रतिक्रिया र व्यवसायीको मनोबल हेर्दा स्पष्ट हुने उनको भनाई छ ।

आगामी आर्थिक वर्षको बजेटले कतै संघीयतालाई समाउन खोजेको छ भने कतै छोडेको छ । प्रादेशिकस्तरमा अर्थतन्त्रको विशिष्टिकरण गर्ने गरी बजेट ल्याउनु गलत भएको खतिवडाको भनाई छ । एक गाउँ एक उत्पादनबाट जिल्लासम्म जान सकिन्थ्यो । तर, प्रदेशमा जानु गलत हो । उनले भने ।

आगामी आर्थिक वर्षको बजेटले राखेको राजस्व लक्ष्य पनि व्यवहारी देखिँदैन । चालु आर्थिक वर्षमै ११ खर्ब भन्दा धेरै राजस्व नउठेको अवस्थामा आगामी आवमा झनै बढाउनु व्यबहारीक नभएको उनको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।