सुनको भाउ एकैदिन एक हजार रुपैयाँ घट्यो


साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । आइतबार २०० रुपैयाँ घटेको सुनको आज सोमबार १ हजार रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको भाउ १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३२१ दशमलव २३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर १६ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।